सशस्त्र प्रहरीको गोलीबाट सफारी चालकको मृत्यु, लौकही बजार तनावग्रस्त



हाम्रो इकोनोमि

 

 

सुनसरीको कोशी गाँउपालिकमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालक विजय साहको मृत्यु भएपछि स्थानीयले पूर्व पश्चिम सडक बन्द गराएका छन् । मृतक साहको शव सडकमा राखेर स्थानीयले प्रदर्शन गर्दा पूर्व पश्चिम सडक खण्ड हुँदै चल्ने सवारीका साधन चल्न सकेका छैनन् । सुनसरीको लौकही खण्डमा सयौ सवारीका साधन बाटैमा अलपत्र परेका छन् । स्थानीयले घटनाको उच्च स्तरीय छानबिन हुनु पर्ने माग राखेका छन् ।

आक्रोशित स्थानीयले सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा गरिरहेका छन् । यस्तै उनीहरुले प्रहरीको विटमा समेत आगजनी गरेका छन् । लौकही बजार अहिले तनावग्रस्त भएको छ । स्थितिलाई नियन्त्रण लिन प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले सशस्त्र प्रहरीका हवल्दारलाई नियन्त्रणमा लिएका जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वार्ताको प्रयास समेत भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...