देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ : झलनाथ
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाललाई योजनाबद्धरुपमा युक्रेनजस्तै बनाउने षडयन्त्र भइरहेको भन्दै सबै वामपन्थी र कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
अंग्रेजी नयाँ वर्षको शुभकामना सन्देश दिँदै खनालले जेन्जी आन्दोलनका नाममा देशलाई महाविपत्तिको अवस्थामा लगिएको र यसमा पश्चिमा शक्ति अनि नेपालभित्रका उनीहरुका मान्छे संलग्न रहेको आरोप समेत लगाएका छन् ।


