प्रत्यक्षमा चुनाव लड्न बादललाई गोकुलको चुनौती



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई समानुपातिक सूची त्यागेर प्रत्यक्ष चुनाव लड्न सुझाव दिएका छन् । बादलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले र कांग्रेस मिलेर लड्नुपर्ने धारणा व्यक्त गरेको भोलिपल्ट बास्कोटाले उनलाई समानुपातिक छाडेर प्रत्यक्ष लड्न सुझाव दिएका हुन् ।

मदन–आश्रित प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको एउटा कार्यक्रममा बादलले कांग्रेस र एमालेको सहकार्यले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई टिकाउन सक्ने भन्दै चुनावी गठबन्धन गर्दा आधा–आधा सिट भागबण्डा गरेर जान सकिने बताएका थिए । त्यसको एमालेकै कतिपय नेताले विरोध जनाएका छन् । सोही अभिव्यक्तितर्फ संकेत गर्दै बास्कोटाले ‘आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै समानुपातिक कोटामा पटक–पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक’ भएको बताएका छन् ।

एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा उपाध्यक्ष रामबहादुर थापा बादलसहितका नेताहरूको नाम छ । आदिवासी जनजाति तर्फको कलस्टर अन्तर्गत बादलको नाम पहिलो नम्बरमा छ ।

बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन् । रुख–सूर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले समावेशीताकै बेइज्जत नगर के–त्यो पनि पुरुषले ।

२१ फागुनमा हुने निर्वाचनका लागि यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेस भएको छ । दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाएको उम्मेदवारको बन्दसूचीमाथि आयोगले छानबिन सुरु गरेको छ । छानबिनसँगै आयोगले बन्दसूचीमा देखिएको त्रुटि सच्याउन दलहरूलाई पत्राचार गर्ने छ ।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धनको प्रयास भइराखेको छ । अब राष्ट्रिय सभा हुँदै प्रतिनिधि सभाको चुनावमा समेत दुई दलबीच गठबन्धन गर्नुपर्ने मत उपाध्यक्ष बादलले राखेका हुन् । तर, यस्तो मतप्रति दुवै पार्टीभित्र प्रश्न भने उठिरहेको छ । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...