जेनजीका नाममा देशलाई ध्वस्त पार्न खोजियो
जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ । गत भाद्र २४ गतेको जेनजी आन्दोलनको नाममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो । निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार भारतमा तीन महिनाको उपचारपछि नेपाल फर्किएकी हुन् । अहिले उनी आफ्नौ घरमा आराम गरिरहेकी छिन् ।
आन्दोलनमा जेनजीको प्रयोग गरेर बाह्य शक्तिले आफूमाथि र पूरा सिंगो देशमाथि आक्रमण गरेको उनले बताइन् । उनले राजनीतिमा संलग्न होस् या राजनीतिबाट टाढा भएकाहरुको होस् यस्तोखाले आक्रमण हुनु जंगली पारा भएको बताइन् । जेनजी आन्दोलनको नाममा नेपाललाई ध्वस्त पार्ने षड्यन्त्र भएको उनको ठम्याइ छ ।
जेनजी आन्दोलन त निउ मात्रै हो । जेनजीहरुले घटना घटाएकै होइन, जेनजीहरु प्रयोग भएका हुन् । रियल जेनजी यस्ता अमानवीय हुँदैनन् । उनीहरुको नामबाट अरुले खेल खेले । राजनीतिबाट टाढा भएकाले होस् या राजनीतिमै संलग्न भएकाले होस् त्यस्तो आक्रमण गर्ने यो जंगली नियम लागू गर्न हुँदैन् । एकदम दुःखद घटना हो । मलाई मात्रै होइन, देशकै दुःखद घटना हो । काठमाडौंभित्र वा बाहिर, देशभरी नेपाललाई ध्वस्त पार्ने कार्यक्रम गरियो । जसले घटायो नेपाललाई असफल राष्ट्र बनाउने र विदेशी सेनाले जेजे गर्न मन लाग्छ गर्ने त्यही प्रयास हो ।


