प्रधानमन्त्रीमा भागबण्डा नमिलेपछि कुलमान आउट



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेन्द्र साहबीचको ‘एकता’ मा उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक मानिएका कुलमान घिसिङ छुट्न पुगे । उनलाई पनि सँगै ल्याउन बालेनले जोड गरेका थिए । हिजो कुलमान र बालेनबीच दुई पटक वान टु वान छलफल भएको थियो । बिहानको भेटमा बालेनले रास्वपासँग भएको आधारभूत सहमतिबारे व्रिफिङ गर्दै त्यसमा मिसिन कुलमानलाई प्रस्ताव गरे । तर, कुलमानले निशर्तरुपमा रास्वपामा विलय हुन नजाने अडान लिए ।

दिउँसो पार्टीको केन्द्रीय समिति वैठकमा सहभागी भएर उनले आत्मसम्मान गुमाएर एकता नगर्ने अभिव्यक्ति दिएका थिए । यद्यपि, रास्वपासँग मिल्नुपर्छ भन्ने मत पार्टीमा बलियो थियो । साँझ फेरि बालेन र कुलमानबीच बालुवाटारमा भेटवार्ता भयो ।

उक्त भेटवार्ता झनै सकारात्मक हुन सकेन । कुलमानले आधा कार्यकाल आफू प्रधानमन्त्री बन्ने प्रस्ताव बालेनले अस्वीकार गरेको स्रोतहरु बताउँछन् । कुलमान निकट स्रोतले भन्यो, सम्मानजनक एकता गर्ने नियत नै देखिएन । उहाँले (बालेन) ले केवल तपाईं पनि आउनुस भन्नुभयो, तर ठोस प्रस्ताव केही थिएन । कुलमानले भने भावि प्रधानमन्त्रीमा आलोपालो गर्ने प्रस्ताव बालेनसँग राखेका थिए ।

स्रोतले भन्यो, ‘पहिलो अढाइ वर्ष बालेन र अर्को अढाइ वर्ष आफू प्रधानमन्त्री बन्ने गरी भागबण्डा गर्ने प्रस्ताव राख्नुभएको थियो । बालेनलाई त्यो स्वीकार्य भएन । जेनजी आन्दोलनको म्यान्डेट नै आफू ५ वर्ष प्रधानमन्त्री हुनुपर्छ भन्ने रहेको बालेनले तर्क गरेका थिए । साथै, आफू राष्ट्रिय र अन्तर्राष्ट्रिरुपमा पनि चर्चित व्यक्ति भएकाले प्रधानमन्त्रीमा भागबण्डा नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...