राजनीतिमा बाह्य चुनौती बढिरहेको छ : योगेश भट्टराई
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती बढिरहेको बताएका छन् । आन्तरिक एकता बलियो बनाएर चुनौतीको सामना गर्नुपर्ने उनले बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका भट्टराईले भनेका छन्, ‘बाह्य चुनौती बढिरहेको छ ।
जसको सामना गर्नैपर्छ, भागेर लुकेर हुनेवाला छैन । आन्तरिक एकता बलियो बनाऔं । राष्ट्र र जनतका एजेन्डा बोकौं । उनले अगाडि बनेका छन्, विगतका कमजोरीप्रति आत्मालोचित होऔं । विनम्र बनौं । कार्यशैली सुधार गरौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि एमाले उपमहासचिव भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।
उनको फेसबुक स्टाटसमाथि कमेन्ट गर्नेहरूले भट्टराईको प्रतिक्रिया सातबुँदे सम्झौताप्रति नै लक्षित रहेको जनाएका छन् । आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौति थपिएको बताउनुभएको छ ।


