रेशम र रञ्जिताको पार्टी एकता हुने



हाम्रो इकोनोमि

 

 

४ महिना अगाडि राजनीतिक यात्रामा छुट्टिएका दम्पत्ति रेशम चौधरी र रञ्जिता श्रेष्ठको पुनर्मिलन हुने भएको छ । उनीहरुले नेतृत्व गरेको पार्टीबीच भोलि एकता हुन लागेको हो । भोलि दिउँसो १ बजे नाउपा नेपाल कार्यालय सिनामंगलमा पार्टी एकताको घोषणा गर्ने तयारी भइरहेको छ ।

रेशम चौधरी जेलमा रहेको बेला रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । छोटो समयमा स्थानीय तह प्रदेश र प्रतिनिधि सभामा राम्रो नतिजा ल्याएको पार्टी पछिल्लो समय दम्पती विवादका कारण सुस्त बनेको थियो ।

टिकापुरका सम्पन्न पहिलो महाधिवेशनबाट रन्जितालाई हटाउँदै रेशम आफै अध्यक्ष भएपछि नाउपाको विवाद उत्कर्षमा पुगेको थियो । त्यसको करिब २ वर्षपछि भदौ २९ गते रेशम चौधरीले नाउपाबाट अलग भएको घोषणा गर्दै नाउपा नेपाल दर्ता गरेका थिए ।

कात्तिक २ गते कबीर सोबको अध्यक्षतामा गठन गरिएको नाउपा नेपालसँग भोलि एकता गर्ने करिब सबै तयारी पुरा भइसकेको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । नाउपा र नाउपा नेपाल दुवै पार्टीको जन्मदाता रेशम चौधरी हुनुहुन्छ ।

दुवै पार्टीको विचार सिद्धान्त र मार्गदर्शन एउटै छ त्यसैले फरक फरक भएर जानुभन्दा एक हुनु पर्छ भनेर हामीले एकता गर्न लागेका हौँ उनले भनिन्,दुई पार्टीको एकताले पार्टी अझै बलियो र सुदृढ बन्ने छ । नागरिक उन्मुक्ति पार्टी नेपालकै झन्डा, चुनाव चिन्ह र पार्टीलाई नाउपाले स्वीकार गर्ने जनाएको छ । पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल नै रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रिहा भए प्रभु बैंकका सीईओ अशोक शेरचन

     प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन्...

एमालेका अध्यक्ष ओली भेट्न सञ्चारमन्त्री खरेल गुण्डुमा

    सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट...

सुदूरपश्चिममा अन्तराष्ट्रिय पाँचतारे चेन होटेलको तयारी

     होलिडे इन बाइ आइएचजि र क्लब चौलानी लिमिटेडबिच होटल व्यवस्थापन सम्झौतामा...

बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउन तयार भए रवि

    रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीच जारी छलफललाई...