कांग्रेसका ३ पदाधिकारी आगामी निर्वाचन नलड्ने



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित तीन जना युवा पदाधिकारीहरू आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका हुन् ।

महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले आगामी निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरिसकेका छन् । महामन्त्री थापाले भने विहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने बताएका थिए ।

‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन, एक पदाधिकारीका अनुसार महामन्त्री थापाले बैठकमा भनेका थिए, नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने कोको चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ । उनको घोषणा अनुसार पार्टी नेतृत्व परिवर्तन भएमात्र चुनाव लड्ने छन् । तत्काल नेतृत्व परिवर्तनको सम्भावना भने देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिममा अन्तराष्ट्रिय पाँचतारे चेन होटेलको तयारी

     होलिडे इन बाइ आइएचजि र क्लब चौलानी लिमिटेडबिच होटल व्यवस्थापन सम्झौतामा...

बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउन तयार भए रवि

    रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीच जारी छलफललाई...

सञ्चारमन्त्री खरेल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई...

१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जान्छौँ : विप्लव

    नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरूले अघि सारेको १३ बुँदे...