एमालेकै कित्तामा उभिँदै कांग्रेस



हाम्रो इकोनोमि

 

 

प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् । पार्टी केन्द्रीय समिति बैठकमार्फत् चुनावमा जाने निर्णय गरेको कांग्रेस बिस्तारै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा खुलेको हो । हिजो मात्रै पनि देउवा र ओलीबीच भेटवार्ता भएको छ ।

प्रतिनिधि सभा विघटन र सुशीला कार्की प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको निष्कर्षमा दुवै दल सहमत छन् । कांग्रेसले थप सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा पूरक निवेदन दिने तयारी गरेको छ ।

एमालेले संस्थागत निर्णयबाटै ७५ सांसदको हस्ताक्षरसहित रिट निवेदन दिइसकेको छ । एमालेको रिटमा सर्वोच्चले प्रारम्भिक सुनुवाइपछि राष्ट्रपति, प्रधानमन्त्रीसहितका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ ।

कांग्रेस र एमालेले १ सय ३८ भन्दा बढी सांसदहरूको हस्ताक्षर जुटाएर अदालत जाने तयारी गरेको छ । उनीहरूले जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीलगायत साना दलहरूको समेत समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

कांग्रेसका पनि प्रमुख सचेतक श्याम घिमिरेसहित ८ सांसदको रिटमाथि पनि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...