रवि लामिछाने आज रिहा हुँदै



हाम्रो इकोनोमि

 

 

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारागार प्रशासनले अहिले रविलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको छ । केहीबेरमा जहाजबाट उनी भैरहवा जाँदैछन् ।

जिल्ला अदालत रुपन्देहीमा पुगेर उनले छुटपुर्जी कागजात लिनुपर्नेछ । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो । बिहान को टिकट भए पनि भैरहवा एयरपोर्ट आसपास हुस्सु लागेका कारण उडान डिले भएको रुपन्देहीका रास्वपा नेता मधु अर्यालले बताए ।

‘एयरपोर्ट खुलेको छैन, सभापति काठमाडौं एयरपोर्ट आएर बसेको धेरै समय भयो, हामी भैरहवा एयरपोर्टबाट सिधै अदालत जाने हो’ उनले भने । भैरहवा विमानस्थलका अनुसार भिजिबिलिटी कम भएका कारण विमान उडान भएका छैनन् । सूचना अधिकारी विनोदसिंह राउतका अनुसार भिजिबिलिटी खुल्क करिब २ घण्टा लाग्नेछ । रास्वपाका कार्यकर्ता विमानस्थल वरिपरी पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...