एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम
नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश अध्यक्ष केपी ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।
एमाले अध्यक्षमा केपी शर्मा ओली भारी अन्तरालले विजयी भए । उनका प्रतिस्पर्धी ईश्वर पोखरेललाई अपेक्षित मत आएन । महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजयी भएका छन् ।
संस्थापन इतर वा ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले जितेका छन् । १९ सदस्यिय पदाधिकारीमा १७ जना संस्थापन पक्षका छन् ।
यस्तो बन्यो पदाधिकारी टिम
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष :
पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव : शंकर पोखरेल
उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल


