एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ । विद्युतीय मेसिनबाट भएको मतदानको मतगणना कसरी हुन्छ भन्ने धेरैलाई चासो छ । केहीबेरमा भृकुटीमण्डपमा शुरु हुने मतगणनामा ८० वटै मेसिनको फरक–फरक मुचुल्का तयार पारिने बताइएको छ ।

मतगणनाका लागि निर्वाचन आयोगले हरेक मेसिनको छुट्टाछुट्टै मुचुल्का गरेर प्रतिनिधि तथा मत संख्या ट्याली गरेर विवरण मिलेपछि विद्युतीय मेसिन लक गरिने भएको छ । विद्युतीय मेसिनबाट निकालिएको चिप्सहरु अलगअलग खाममा राखेर सबै खाम एकत्रित गरेर नम्बरिङ गरेपछि प्याकिङ गरिने आयोगले जनाएको छ ।

उम्मेदवारका प्राविधिक, एक जना प्रतिनिधि, मेसिनका प्राविधिक र निर्वाचन आयोगका प्रतिनिधिको रोहबरमा मतगणना गरिने छ । मतपरिणाम सार्वजनिक, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम भृकुटीमण्डपमै हुनेछ । एमालेले बिहान ११ बजे ११ औँ महाधिवेशनको समापनको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...