यस्तो छ ईश्वर पोखरेल प्यानल सूची



हाम्रो इकोनोमि

 

नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको छ । पोखरेल समूहले सचिवमा स्वतन्त्र उम्मेदवारी दिनुभएका अग्नि खरेललाई समेत समेटेर प्यानल बनाएको हो । विगतमा केपी ओलीका अति निकटका खरेलले पदाधिकारीको सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । पोखरेल समूहले खरेललाई आफ्नो प्यानलमा राखेको हो । यस्तै स्वतन्त्र उम्मेदवारी दिनुभएका उपाध्यक्षका उम्मेदवार टंक कार्की र उपमहासचिवमा उम्मेदवारी दिनुभएका आनन्द पोखरेल पनि पोखरेल प्यानलमा पर्नुभएको छ । पोखरेल प्यानलबाट उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, विन्दा पाण्डे र परशुराम मेघी गुरुङ हुनुहुन्छ । महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेल हुनुहुन्छ । ९ जना सचिवको उम्मेदवारमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, गोकुल बास्कोटा, रचना खड्का, पुरुषोत्तम पौडेल र विनोद ढकाल हुनुहुन्छ । उम्मेदवारको यही सूची लिएर प्रतिनिधिहरूले प्रचार-प्रसार गरिरहेका छन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार अपरान्ह मतदानको कार्यक्रम छ । 

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...

प्रेस चौतारीका पूर्वअध्यक्ष अर्यालले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

    प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी...