एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्
दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार बिहान उनी भृकुटीमण्डप पुगेकी हुन् । त्यहाँ पुगेर उनले एमालेका विभिन्न उम्मेदवारको फोटोसहित उनीहरूको पक्षमा भोट मागेकी छन् । एमालेको ११औँ महाधिवेशन राजधानीको शनिवारदेखि जारी छ । भक्तपुरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र र चुनावी कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ । एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार दिउँसो मतदान हुँदै गर्दा ज्योतिसमेत आफू निकटका उम्मेदवारको प्रचारमा पुगेकी हुन् ।


