ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?



हाम्रो इकोनोमि

 

नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारीसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारको सूची नै तयार पारिसकेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा यसअघि पदाधिकारी रहेका अनुहार नै समेटिएका छन् । ओली पक्षले सचिवमा भने ६ जना नयाँ अनुहार समेटेको छ । सचिवमा खगराज अधिकारी, यामलाल कँडेल, डा.राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई र महेश बस्नेतलाई ओली पक्षले उम्मेदवार बनाएको छ । यी ६ जना अहिलेसम्म पदाधिकारी नबनेका अनुहार हुन् । यामलाल कँडेल, डा. राजन भट्टराई, भानुभक्त ढकाल, शेरधन राई, हिक्मतकुमार कार्की १०औँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य थिए । यस्तै सचिवमै उम्मेदवार बनाइएका बस्नेत भने यसअघि पोलिटब्यूरो सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...