ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् । ओलीको टीमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ । यद्यपी उपाध्यक्षमा उम्मेदवार बन्न ज्ञवालीले अश्वीकार गरेकाले छलफल जारी रहेको छ । अहिलेसम्म उम्मेदवार टुंगो नलागिसकेको ज्ञवालीले बताए ।

महासचिवमा शंकर पोखरेल नै प्रतिस्पर्धामा उत्रिने तय भएको छ । उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानभुक्त ढकाल उम्मेदवार बन्नेगरी छलफल अन्तिम चरणमा पुगेको छ ।

सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल दोहोरिने तय भएको छ । अन्य नयाँमा खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत रडा.राजन भट्टराई उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...