ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् । ओलीको टीमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ । यद्यपी उपाध्यक्षमा उम्मेदवार बन्न ज्ञवालीले अश्वीकार गरेकाले छलफल जारी रहेको छ । अहिलेसम्म उम्मेदवार टुंगो नलागिसकेको ज्ञवालीले बताए ।

महासचिवमा शंकर पोखरेल नै प्रतिस्पर्धामा उत्रिने तय भएको छ । उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानभुक्त ढकाल उम्मेदवार बन्नेगरी छलफल अन्तिम चरणमा पुगेको छ ।

सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल दोहोरिने तय भएको छ । अन्य नयाँमा खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत रडा.राजन भट्टराई उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस

    काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व...

महेश बस्नेत र गोकुल बास्कोटाको एकल नाम सिफारिस

    नेकपा एमालेका सचिव महेश बस्नेत र सचिवमा पराजित नेता गोकुल बास्कोटा...

प्रधानमन्त्रीका श्रीमान् अस्वस्थ, अस्पताल भर्ना

    प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन...

दैलेख–२ मा उम्मेदवार छनोट, विष्णु रिजाललाई सर्वाधिक मत

    दैलेख निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेबाट युवा नेता विष्णु...