ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिव, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिवको उम्मेदवार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलमा महासचिवमा सुरेन्द्र पाण्डेलाई अगाडि बढाइने भएको छ ।

प्यानल नै बनाएर निर्वाचन हुने अवस्था बनेपछि हालका उपाध्यक्ष पाण्डे महासचिवका उम्मेदवार बन्न लागेका हुन् । सचिवद्वय गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवका उम्मेदवार हुने तय भएको योगेश भट्टराईले बताए । निर्वाचन कार्यतालिका अनुसार, अहिले बिहान १०ः३० बजेबाट उम्मेदवारी दर्ता खुल्ने छ ।

यस्तै, अरु पदाधिकारीबारे पनि छलफल चलिरहेको छ । सचिवमा गोकुल बास्कोटा, विनोद ढकाल, कर्ण थापा, रचना खड्का, ठाकुर गैरेलाई उम्मेदवार बनाउने छलफल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पनि उम्मदेवारीको प्यानल नै आउने अवस्था हेरेर केही उम्मेदवार हेरफेर हुनसक्ने भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...