डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ



हाम्रो इकोनोमि

 

 

 

 

 

 नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो । नेपालकी श्रीमतिको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले  बताए । स्रोतका अनुसार नेपालले प्रहरीकै असईलाई दोस्रो विवाह गरेका हुन् । उनकी जेठी श्रीमती तारा खनाल नेपालले बहुविवाहको उजुरी दिएपछि नेपालका नाममा सोमबार पक्राउ पुर्जी जारी भएको थियो । एसपी क्षेत्रीले बहुविवाहको जाहेरी परेको जानकारीपछि उनी स्वयं प्रहरी कार्यालयमा आइपुगेका र नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको बताए ।

डीएसपी नेपाल यसअघि २०७४ सालमा पनि निलम्बनमा परेका थिए । बुटवलस्थित वडा प्रहरी कार्यालय रामनगरमा प्रहरी निरीक्षक पदमा कार्यरत रहँदा गाँजाको कारोबार–सम्बन्धी आर्थिक लेनदेनको विवादमा मुछिएपछि उनी निलम्बनमा परेका थिए । प्रहरी निरीक्षकमा निलम्बनमा परेपछि उनी प्रहरी नायब उपरीक्षकको तत्कालीन बढुवा सूचीमा समेत छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...