सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य



हाम्रो इकोनोमि

 

 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग मिलेर काम गर्ने बताएका छन् । सर्वोच्च अदालतको परमादेशमार्फत कार्यकारी निर्देशकमा पुनर्स्थापित भएपछि बुधबार प्राधिकरणमा कार्यभार सम्हाल्दै उनले भने,  मेरो कार्यकाल अब साढे ती वर्ष बाँकी छ । यस अवधिमा प्राधिकरणमा उत्कृष्ट नतिजा दिने गरी काम गर्नेछु । आगामी दिनमा सरकारसँग मिलेर नै काम गर्नेछु ।

उर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शाक्यलाई कुनै प्रक्रिया नै नपुर्‍याई हटाउन गरेको निर्णय अदालतले उल्ट्याइदिएपछि प्राधिकरण पुगेका शाक्यले सरकारसँग मिलेरै काम गर्ने अभिव्यक्ति दिएका हुन् ।

आफ्नो कार्यकालमा जनतालाई दिगो र भरपर्दो विद्युत् उपलब्ध गराउने विषयलाई प्राथमिकता दिने उनले बताए । ‘विगत लामो समय प्राधिकरण आफैले विद्युत् उत्पादन नगर्ने तर कम्पनीहरूमार्फत मात्रै उत्पादन गरियो । अबका दिनमा प्राधिकरण आफैले पनि विद्युत् उत्पादन बढाउँछ,’उनले भने ।

 

प्रतिक्रिया दिनुहोस
विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ संगठनको वक्तव्य

  नेपाली कांग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । महामन्त्रीद्वय...

पूर्णबहादुरको पत्रकार सम्मेलन स्थगित

     नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन...

पत्रकार सम्मेलन गर्दै कार्यवाहक सभापति खड्का

    नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद चुलिँदै गएको बेला कार्यवाहक सभापति...

विशेष महाधिवेशनको तयारी तिब्र, पार्टी फुटने संकेत

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७...