पदाधिकारी थप्ने प्रयासमा ओली, ईश्वरलाई वरिष्ठ उपाध्यक्षकै जिम्मेवारी दिने तयारी



हाम्रो इकोनोमि

 

 

११औँ राष्ट्रिय महाधिवेशनको संघारमा रहेको नेकपा (एमाले) भित्र आगामी नेतृत्वको रस्साकस्सी पेचिलो बनिरहेकै बेला अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत प्रयासका निम्ति विभिन्न विकल्पसहित गृहकार्यमा जुटेका छन् । पदाधिकारी थप्ने, स्थायी कमिटी ब्युँताउने, केन्द्रीय कमिटीको आकार बढाउनेसहित चयन प्रक्रियाका निम्ति विभिन्न क्लष्टर थप्नेसम्मको तयारी उनको छ ।

गत भदौ २० देखि २२ मा सम्पन्न विधान महाधिवेशनले एमालेको आगामी केन्द्रीय कमिटीमा १५ सदस्यीय पदाधिकारीसहित २५१ सदस्यीय कमिटीको व्यवस्था गरेको थियो । त्यसभित्र महिला, दलित, आदिवासी, जनजाती, मजदुरसहितको क्लष्टर थिए । स्थायी कमिटी खारेज गरी केन्द्रीय कमिटीभन्दा सानो आकारको पोलिटब्युरोको व्यवस्था गरिएको थियो ।

स्रोतका अनुसार, अहिले ओलीनिकटका नेता र उनको सचिवालयमा पदाधिकारी १९, स्थायी कमिटी ब्यूँताउने, केन्द्रीय सदस्य थपेर ३५१ सम्म पुर्याउने र केन्द्रीय कमिटीमा प्रवेश गर्नका निम्ति दुई क्लष्टर थप्ने तयारी भइरहेको छ ।

हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, उनलाई पुनः वरिष्ठ उपाध्यक्षकै जिम्मेवारी दिने गरी ओलीको सचिवालयले विधान संशोधनको मस्यौदा बनाइरहेको स्रोत बताउँछ । उपाध्यक्ष, उपमहासचिव र सचिवको संख्या थप्दै पोखरेल पक्षका नेतालाई पनि त्यसभित्र समेट्ने ओलीको प्रयास रहेको स्रोतले बतायो ।

तयारी अनुसार, विद्यमान क्लष्टरबाहेक युवा र ‘घर फर्क अभियान’ का निम्ति अलग्गै क्लष्टर बनाइँदैछ । २०७८ को पार्टी विभाजनमा एकीकृत समाजवादीमा लागेर एमालेमै फर्किएका नेतामध्ये हालसम्म केन्द्रीय सदस्य तहका २५ भन्दा बढी पुगिसकेका छन् । ती सबैलाई आयोजकसरह महाधिवेशन प्रतिनिधि बनाइँदैछ । त्यसअघि प्रतिनिधि चयनका क्रममा ४० वर्षभन्दा कम उमेर समूहका युवालाई अलग्गै क्लष्टरबाट प्रतिनिधि बनाइएको थियो । यी दुई क्लष्टरलाई केन्द्रीय कमिटीमा लैजान निर्वाचन तालिकामा संशोधन गरिने भएको हो । पदाधिकारीमा आकांक्षीको दबाब बढेसँगै १९ को संख्या कायम गरिँदैछ । २०७८ को महाधिवेशनबाट पदाधिकारीमा १९ जना नै निर्वाचित भएका थिए । त्यसमध्ये सचिव टोपबहादुर रायमाझी निलम्बित छन् । विधान महाधिवेशनमा पदाधिकारी संख्या १५ जनामा झारिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...