प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट
प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी जेन-जी आन्दोलनको क्रममा आगजनी गरिएका संरचना अवलोकनमा सिंहदरबार गएकी थिइन् । सोक्रममा प्रधानमन्त्रीसँग भेटघाटको चाँजोपाँजो मिलाइएको हो ।
दुईजनाबीच समसामयिक विषयसँगै निर्वाचनको तयारीबारे सरकारले गरिरहेका कामकारबाहीबारे छलफल भएको बताइएको छ ।


