४ हजार ८५७ कैदी अझै फरार
जेनजी आन्दोलनका क्रममा भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा भागेका र फरार भएका ४ हजार ८५७ जना अझै बाहिरै छन् ।
उनीहरूलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको उनले बताए । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन् ।


