महेश बस्नेतमाथि बेलुन हान्ने नेविसंघ कार्यकर्तामाथि कडा कारबाही हुन्छ : सभापति शेर्पा
नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले विराटनगरमा महेश बस्नेतमाथि आक्रमण गरेर संगठनको नाम दुरुपयोग गर्नेमाथि कडा कारबाही गरिने प्रष्ट पारेका छन् । बस्नेतको गाडीमा बेलुन हान्ने सन्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेताहरू हुन् ।
संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिने भन्दै शेर्पाले बस्नेतमाथि मसी छ्याप्ने कायरता नेविसंघको नभएको समेत वक्तव्यमार्फत प्रष्ट पारेका छन् ।
वक्तव्यमा शेर्पाले भनेका छन् : नेकपा एमाले र अखिलसँग हाम्रो सयौँ विमतिहरू छन् । लोकतन्त्रमा विरोध सबैको अधिकार हो तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन । संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ ।


