जनतामाझ जान अवरोध पुर्याइए चुनाव हुँदैन : डा.भीमार्जुन आचार्य
संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई जनतामाझ जान अवरोध पुर्याइए चुनाव हुनेमा आशंका व्यक्त गरेका छन् । बाराको सिमरामा बुधबार नेकपा एमालेका नेताहरूलाई निषेध गरिएपछि उनले २१ फागुनमा चुनाव हुनेमा आशंका व्यक्त गरेका हुन् ।
नेताहरूलाई आफ्ना सभा, सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? आचार्यले प्रश्न गरेका छन्, अनि यस्तो काम गर्न पाइन्छ कसरी ? उनले जेनजी पुस्तालाई सत्तामा रहेका आन्दोलनकारीले झनै बढी जिम्मेवार हुनुपर्ने स्मरण पनि गराएका छन् ।
आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ? आचार्यले प्रश्न गर्दै भनेका छन्, जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्यो ।


