जनतामाझ जान अवरोध पुर्‍याइए चुनाव हुँदैन : डा.भीमार्जुन आचार्य



हाम्रो इकोनोमि

 

 

संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई जनतामाझ जान अवरोध पुर्‍याइए चुनाव हुनेमा आशंका व्यक्त गरेका छन् । बाराको सिमरामा बुधबार नेकपा एमालेका नेताहरूलाई निषेध गरिएपछि उनले २१ फागुनमा चुनाव हुनेमा आशंका व्यक्त गरेका हुन् ।

नेताहरूलाई आफ्ना सभा, सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्‍याउने हो भने कसरी चुनाव हुन्छ ? आचार्यले प्रश्न गरेका छन्, अनि यस्तो काम गर्न पाइन्छ कसरी ? उनले जेनजी पुस्तालाई सत्तामा रहेका आन्दोलनकारीले झनै बढी जिम्मेवार हुनुपर्ने स्मरण पनि गराएका छन् ।

आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ? आचार्यले प्रश्न गर्दै भनेका छन्, जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्‍यो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...