सिमरा घटना, जेनजी भावनाको दुरुपयोग : विश्वप्रकाश शर्मा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । नेकपा एमालेका नेताहरूलाई बारामा निषेध गरिएको घटनातर्फ इंगित गर्दै उनले बुधबार यस्तो आग्रह गरेका हुन् ।

महामन्त्री शर्माले सिमरा घटना जेनजी पुस्ताको भावना नभएर दुरुपयोग भएको पनि बताएका छन् । सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन्,शर्माले एक्समा पोस्ट गरेका छन्, अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।

महामन्त्री शर्माले भ्रमणको वातावरण नबनाएसम्म चुनाव नहुने भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण पनि गराएका छन् । नेता शर्माले सिमरा घटनालाई दुःखद् भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...