संसद् पुनर्स्थापनाको माग गर्दै एमालेको देशभर शक्ति प्रदशन



हाम्रो इकोनोमि

 

 

संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको छ । संसद् विघटन र सरकार गठनलाई ‘प्रतिगामी षडयन्त्र’ भन्दै एमालेले जनपरिचालनसहित जिल्लाका सदरमुकाम र ठूला शहरमा जनसभा गरेको हो।

सभाका लागि नेपालगन्ज पुगेका महासचिव शंकर पोखरेलले एमाले सङ्कटबाट नभागी त्यसको सामना गर्ने बताए । एमालेका नेता कार्यकर्ता देशमा लोकतन्त्र ल्याउनका लागि लामो समय जेल बसेका, भूमिगत बसेका भएकोले लोकतन्त्र विरोधी सानातिना हमलाबाट विचलित हुनु नहुने बताए ।

उनले भने, एमालेका नेता कार्यकर्ता लोकतन्त्र प्राप्तिका लागि लामो समय जेल बस्यौँ । लामो समय भूमिगत बस्यौँ  । त्यसैले हामीलाई सङ्कटसँग जुध्ने अनुभव छ । षडयन्त्रकारीलाई लागेको थियो पार्टी कार्यालय जलाएपछि एमाले सकिन्छ । घर जलाइपछि नेता कार्यकर्ता सकिन्छन् । तर अहिले मैदानमा हेर्नुभयो भने एमाले भन्दा अरू कुनै शक्ति देख्नु भएको छ  ?

राजनीतिक दलका कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी काममा खटिन आह्वान गरे । चितवन पुगेका उपाध्यक्ष रामबहादुर थापा ‘बादलले फागुन २१ गते घोषित निर्वाचनलाई प्रतिक्रान्तिलाई वैधानिकता दिने र दलहरूलाई विस्थापित गर्ने हनी ट्र्याप भएको दाबी गरे ।

बादलले भने, ‘फागुन २१ को निर्वाचन प्रतिक्रान्तिलाई पूर्णता र वैधानिकता दिनको निम्ति गराउने निर्वाचन हो । यो सामान्य निर्वाचन होइन । संसदीय निर्वाचन जस्तो निर्वाचन होइन । साम्राज्यवादीहरूले आफ्नो दलालहरूलाई स्थापित गर्ने र प्रतिक्रान्तिलाई पूर्णता दिने र प्रतिक्रान्तिको सरकारलाई स्थायित्व दिने नौटङ्की हो । यो एउटा हनी ट्र्याप हो ।

उनले फागुन २१ को निर्वाचनमा नेकपा एमाले नपरेको र पर्नु नहुने पनि बताए । सचिव छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा आपराधिक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरे । जेलबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिने काम समेत सरकारले गर्न नसकेको भन्दै चुनावको वातावरण नै नबनेको जिकिर गरे ।

अर्का सचिव लेखराज भट्ले पनि मुलुकको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताका निमित्त एमाले सङ्घर्षमा आएको बताए । कैलालीले पुगेका भट्टले देश र जनताको पक्षमा एमाले रहेको बताए । उनले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की संविधानको खिल्ली उडाउँदै प्रधानमन्त्री बनेको भन्दै असंवैधानिक भएको जिकिर गरे । प्रतिनिधि सभा पुनर्स्थापना विकल्प नभएको बताए । लमजुङ पुगेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि सरकारले फागुन २१ मा चुनाव नै नगराउने दाबी गरे । उनले अहिलेको समस्या समाधान गर्नको लागि संसद् पुनर्स्थापनाको विकल्प नभएको बताए ।

गुल्मीमा पुगेकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलन संविधान विरुद्ध भएको जिकिर गरिन् । उनले भनिन्, ‘भदौको २३ र २४ गतेको घटनालाई हामीले असाध्यै कहालीलाग्दो र जीवनमा, हाम्रो जीवनमा, हामी बाँचेको समयमा कहिल्यै नदेखिएको यस्तो घटनाको रूपमा लिएका छौँ । यो किन भयो, यो कसको विरुद्ध थियो रु यो कुरा आज जेनजी विद्रोहको नाममा आफ्नो स्टेबल र दाबी गरिरहने सबै साथीहरूलाई, सबै मित्रहरूलाई म भुलभुलैयामा नपर्नको लागि अनुरोध गर्न चाहन्छु । यो यत्तिकै भएको चीज थिएन ।

उनले राष्ट्रियताको बारेमा शिर ठाडो पारेर अविचलित रूपमा सरकार अगाडि बढेपछि पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरुद्ध घेराबन्दी भएको बताइन् । एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पनि सरकारले फागुन २१ गते गर्ने भनेको चुनाव नहुने दाबी गरे । पहिले प्रतिगमन सच्चिनुपर्छ, प्रतिगमन सच्चिनलाई प्रतिनिधि सभाको पुनर्स्थापना हुनुपर्छ जैशीले भने ‘त्यसपछि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ अनि मात्र ‘अर्ली’ निर्वाचनमा जान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...