११ दल मिल्नुको कुनै अर्थ छैन : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी ओली र सिद्धान्तको विरोध गर्नु मात्र रहेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले समाजवादी र माओवादी बाहेक अरु पार्टी शून्य रहेको भन्दै हामी यत्तिकै मिसियौं भन्नुको कुनै अर्थ नरहेको बताए ।

उनले भने, हिजोसम्म ११ वटा पार्टीको एकता भन्नुभएको छ । समाजवादी र माओवादी चिनेको हो । अरु नौं वटा जिरो हुन् । कसैले चिनेको छैन् । ११ वटा मिसिएर के हुने रैछ त ? देशभरीको स्थिति त यही हो । अनि हामी यत्तिका मिसियौं भन्नुको अर्थ के हुन्छ ? उहाँहरुले ०७७ सालदेखि नै यही गर्दै आउनुभएको हो । त्यो भनेको केपी ओलीको सिद्धान्तको विरोध हो । उहाँहरुको राजनीति केपी ओलीकै निन्दा हो ।

त्यस्तै उनले अहिले पेन्सन पकाउने सेलिब्रेटी बन्ने अनि पार्टी खोलिहाल्ने लहर चलेको बताए । खोलिएको हरेक पार्टी कांग्रेस र एमाले जस्तो शताब्दी राष्ट्रको नेतृत्व गर्ने पार्टी नहुने भन्दै उनले अहिले दर्ता भएका पार्टी कालिपोके बन्ने खतराका पार्टीहरु रहेको टिप्प्णी गरे ।

उनले केपी ओलीले पद छोड्नुपर्छ ,२३ गतेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ भनेर केन्द्रीय कमिटीमा ३ सय २८ जनाले बोलेकोमा १६ जना र सचिवालयमा ५ गरी २१ जनाले मत राखेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...