मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर



हाम्रो इकोनोमि

 

 

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध नेकपा (एमाले) बाहेकका ७४ जना सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि पुगेका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध एमाले बाहेकका सबै दल रिट दायरका लागि सर्वोच्च अदालत पुगेका हुन् ।

मधेश प्रदेश सभाका ७४ प्रदेश सांसदको हस्ताक्षरसहित एमाले बाहेकका सबै दलले सर्वोच्चमा रिट दायर गरेको नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता युवराज भट्टराईले  जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जयलुन राइन्सहितका नेता ७४ जना सांसदको हस्ताक्षरसहित रिट दायर गर्न सर्वोच्च पुगेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पनि रिट दायरको प्रक्रियामा रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस
७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...

ठाकुर गैरेको चुनावी प्रतिबद्धता सार्वजनिक

    प्रतिनिधि सभा निर्वाचन–२०८१ का लागि पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार...

म जनताको सेवक बन्न आएको हुँ : महेश बस्नेत

    नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं–२ का प्रतिनिधि सभा...

मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...