विशेष पत्रकार सम्मेलन गर्दै जनार्दन



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ‘वाम प्रगतिशील ध्रुवीकरण’ घोषणा गर्दै छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुसँग एकता प्रक्रियामा असहमति जनाउँदै आएका शर्माले आज दिउँसो पत्रकार सम्मेलन गर्दै वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्न लागेका हुन् ।

माओवादीका असन्तुष्ट नेताहरू जनार्दन शर्मा र राम कार्कीसहित एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरूबीच अर्को नयाँ ध्रुवीकरणको प्रयास भइरहेको छ । शर्माले माओवादी केन्द्रलाई पुनर्गठन गर्ने बताएका छन् ।

जनार्दनले गरे प्रचण्डसँग बिदाइ भेट

अन्तिम समयमा पनि एकतामा जोड्नका लागि माओवादी अध्यक्ष प्रचण्डले आइतबार जनार्दन शर्मा र सोमबार बिहान घनश्याम भूसाललाई भेटेका थिए ।सो भेटमा प्रचण्डले एकतालाई स्वीकार्दै नयाँ पार्टीमै रहन शर्मालाई भनेका थिए । शर्माले भने त्यसलाई नस्वीकार्ने बताएका थिए ।

भेटमा प्रचण्ड र शर्माले एकअर्कालाई शुभकामना दिएर छुट्टिएको एक नेताले बताए । शर्माले पनि प्रचण्डलाई भेटेर छुट्टिएको पुष्टि गरे । उनले भने, तपाईं अर्को बाटोतिर लाग्नु भयो, म त त्यता लाग्न सक्दिनँ भनेँ ।

शर्माले भने, अहिलेको माग अनुसार हाम्रो स्पिरिट मिलेन । पार्टी बनाउने भनेको झन् भद्रगोल हुनेभयो । यसरी पार्टी आन्दोलन बन्दैन । अब तपाईं एकातिर लागेपछि म तपाईंको पछिपछि लाग्दैन भनेको छु । शर्मा अब माओवादी विरासत कायम राख्दै वाम–प्रगतिशील ध्रुवीकरण अभियान सुरु गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...