विशेष पत्रकार सम्मेलन गर्दै जनार्दन



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ‘वाम प्रगतिशील ध्रुवीकरण’ घोषणा गर्दै छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुसँग एकता प्रक्रियामा असहमति जनाउँदै आएका शर्माले आज दिउँसो पत्रकार सम्मेलन गर्दै वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्न लागेका हुन् ।

माओवादीका असन्तुष्ट नेताहरू जनार्दन शर्मा र राम कार्कीसहित एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरूबीच अर्को नयाँ ध्रुवीकरणको प्रयास भइरहेको छ । शर्माले माओवादी केन्द्रलाई पुनर्गठन गर्ने बताएका छन् ।

जनार्दनले गरे प्रचण्डसँग बिदाइ भेट

अन्तिम समयमा पनि एकतामा जोड्नका लागि माओवादी अध्यक्ष प्रचण्डले आइतबार जनार्दन शर्मा र सोमबार बिहान घनश्याम भूसाललाई भेटेका थिए ।सो भेटमा प्रचण्डले एकतालाई स्वीकार्दै नयाँ पार्टीमै रहन शर्मालाई भनेका थिए । शर्माले भने त्यसलाई नस्वीकार्ने बताएका थिए ।

भेटमा प्रचण्ड र शर्माले एकअर्कालाई शुभकामना दिएर छुट्टिएको एक नेताले बताए । शर्माले पनि प्रचण्डलाई भेटेर छुट्टिएको पुष्टि गरे । उनले भने, तपाईं अर्को बाटोतिर लाग्नु भयो, म त त्यता लाग्न सक्दिनँ भनेँ ।

शर्माले भने, अहिलेको माग अनुसार हाम्रो स्पिरिट मिलेन । पार्टी बनाउने भनेको झन् भद्रगोल हुनेभयो । यसरी पार्टी आन्दोलन बन्दैन । अब तपाईं एकातिर लागेपछि म तपाईंको पछिपछि लाग्दैन भनेको छु । शर्मा अब माओवादी विरासत कायम राख्दै वाम–प्रगतिशील ध्रुवीकरण अभियान सुरु गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...