सर्को तानेको बेला केही पनि नबोलौं, नलेखौं : मन्त्री पुन



हाम्रो इकोनोमि

 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले काठमाडौं महानगरका मेयर बालेन शाह लक्षित कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा बालेन शाहको फेसबुक स्टाटसको आलोचना भइरहेका बेला मन्त्री पुनले सर्को तानेका बेला केही नबोल्न र नलेख्न भन्दै कटाक्ष गरेका हुन् ।

उनले लेखेका छन्, ‘केही केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ । हिजो शाहले सामाजिक सञ्जालमा लेखेको एक स्टाटस अहिले निकै भाइरल भइरहेको छ । शाहले केही मिनेटमा नै त्यो स्टाटस डिलिट गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...