दाउन्ने खण्डमा सवारी साधनको लामो जाम



हाम्रो इकोनोमि

 

 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सवारी साधनको लामो जाम भएपछि यात्रुहरु मर्कामा परेका छन् । पानी परेसँगै बाटो चिप्लो भएको र केही सवारी साधनहरु बिग्रिएर बाटोमै रोकिएकाले सवारी साधनको जाम लागेको हो । एकजना कार चालकले हिजो बेलुका दाउन्नेमा आइपुगेकोमा रातभर जाममा परेर आज बिहान सात बजे बल्ल दुम्किबास आइपुगेको बताएका छन् । उनले थुप्रै संख्यामा यात्रुहरु सडकमै अलपत्र परेको बताए ।

अरुणखोला, चोरमारातर्फको जंगल क्षेत्रमा सयौं सवारी साधनहरु रोकिएका छन् । त्यहाँ करिब ४०० गाडीहरुको लाइन रहेको स्थानीय बताउँछन् । प्रहरीका अनुसार दाउन्ने सडकखण्डको तिसठ्ठी मोडमा ४ वटा ट्रक र एउटा बसमा बिग्रिएकाले राजमार्ग एकतर्फी भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक मोहन खड्काका अनुसार दाउन्ने खण्डमा सवारी साधनको अत्यधिक चाप छ ।  दाउन्ने खण्डको विभिन्न ठाउँमा गाडी बिग्रिएकाले एकतर्फी भएको छ । जाम लामै देखिन्छ, उनले भने,  पानीसमेत परेकाले बाटो चिप्लो भएकाले हिजोदेखि नै समस्या छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...