दाउन्ने खण्डमा सवारी साधनको लामो जाम



हाम्रो इकोनोमि

 

 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सवारी साधनको लामो जाम भएपछि यात्रुहरु मर्कामा परेका छन् । पानी परेसँगै बाटो चिप्लो भएको र केही सवारी साधनहरु बिग्रिएर बाटोमै रोकिएकाले सवारी साधनको जाम लागेको हो । एकजना कार चालकले हिजो बेलुका दाउन्नेमा आइपुगेकोमा रातभर जाममा परेर आज बिहान सात बजे बल्ल दुम्किबास आइपुगेको बताएका छन् । उनले थुप्रै संख्यामा यात्रुहरु सडकमै अलपत्र परेको बताए ।

अरुणखोला, चोरमारातर्फको जंगल क्षेत्रमा सयौं सवारी साधनहरु रोकिएका छन् । त्यहाँ करिब ४०० गाडीहरुको लाइन रहेको स्थानीय बताउँछन् । प्रहरीका अनुसार दाउन्ने सडकखण्डको तिसठ्ठी मोडमा ४ वटा ट्रक र एउटा बसमा बिग्रिएकाले राजमार्ग एकतर्फी भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक मोहन खड्काका अनुसार दाउन्ने खण्डमा सवारी साधनको अत्यधिक चाप छ ।  दाउन्ने खण्डको विभिन्न ठाउँमा गाडी बिग्रिएकाले एकतर्फी भएको छ । जाम लामै देखिन्छ, उनले भने,  पानीसमेत परेकाले बाटो चिप्लो भएकाले हिजोदेखि नै समस्या छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...