नेपाली कांग्रेसमा नयाँ लफडा, विशेष महाधिवेशन पक्षधरको बेग्लै भेला



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसमा महाधिवेशनबारे चर्को रस्साकस्सी चलिरहेको बेलामा विशेष महाधिवेशन पक्षधरले बेग्लै भेला बोलाएको छ । आइतबार काठमाडौंमा बस्ने गरी भेला बेलाएको हो । कांग्रेसमा विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा बुझाइएको छ । तर संस्थापन पक्षले हस्ताक्षरको वैधानिकतामाथि नै प्रश्न उठाएपछि काउन्टर दिनको लागि बेग्लै भेला राखेको हो ।

विशेष महाधिवेशनको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरेले अहिले राष्ट्रव्यापी नभई थप छलफलको लागि आफूहरू जम्मा हुन लागेको बताए । उनले भने,  केन्द्रीय समिति बैठक पनि बसिरहेको छ । अहिलेसम्म कार्यतालिका पेस हुन सकेको छैन । हामीले विधान अनुसार नै विशेष महाधिवेशनको माग गरेका हौँ । अहिलेसम्म त्यसलाई सम्बोधन हुने नदेखिएपछि हामीले थप छलफल गर्न लागेका हौँ । आइतबार बानेश्वर आसपास नै बस्ने तयारी रहेपनि स्थान अहिलेसम्म तय नभएको उनले बताए ।

आज इतर समूहका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापासहित बसेको बैठकले पुस १६ गते नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ । त्यही प्रस्ताव लिएर महामन्त्रीद्वय अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्का भेट्न पुगेको छन् । तर संस्थापन पक्षले भने फागुन २१ को चुनावअघि महाधिवेशन गर्न नसक्ने भन्दै वैशाखमा गर्नुपर्ने पक्षमा छन् । कार्यतालिकामा सहमति नजुटेपछि महामन्त्री थापाले हिजो बैठक नै बहिस्कार गरेका थिए। तर, कावा सभापति खड्काले भने केन्द्रीय समितिले बहुमतको आधारमा निर्णय गर्ने जवाफ दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...