म माथी गगन थापाको झुटो आरोप : सुरेन्द्र श्रेष्ठ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका स्थानीय नेता सुरेन्द्र श्रेष्ठले आफुमाथि नेपाली कांग्रेसका नेता गगन थापाले झुटो आरोप लगाएका बताएका छन । उनले गगन थापाको घर जलाउने काममा आफु संम्लग्न नभएको बताएका छन । उनले भने  जेनजी आन्दोलनमा बेलुका ६ बजे छिमेकीको नाताले आफु  गगनको घरमा हेर्नमात्र गएको बताएका छन् तर एक अनलाईनले गगन थापाको घर जलाउने ओली निटक एमाले नेता श्रेष्ठ भनेर लेखेको समाचार झुटो भएको बताएका छन् । हाम्रो इकोनोमी डटकमसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।

उत्त अनलाइनले मेरो समाजिक मान-मर्‍यादा र प्रतिष्ठामाथी नै आँच आउनेगरी झुटो समाचार बनाएको आरोप लगाएका छन् । उनले थपे म हेर्न जाँदा करिब साँझको ६ बजेको थियो । त्यति बेलासम्म गगन थापाको घर जलिसकेको थियो । उनले भने वास्तवमा म त्यो दिन गगन थापाको घरमा पुग्दा घरभित्र कुकुर छ भनेको थाह पाएपछि म घरभित्र पसेको थिए । म गगनको घरभित्र पस्दा कोठामा कुकुर (गोल्डेन रिर्टिबर) थियो, घैरै प्रयास पछि त्यो कुकुरलाई हामिले बाहिर ल्याइयो तर घरको कम्पाउण्डबाट बाहिर आउन नमानेपछि मैले छोडिदिए, भएको घटना यहि हो उनले बताए, तर म माथी गगन थापाको घर जलाएको गम्भिर आरोप लागेको छ, म त्यो आरोपलाई झुटो आरोप भएको बताउन चाहन्छु , उनले भने।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...