देश प्रतिक्रान्ति र बर्बादीतर्फ धकेलिएको छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी ओली अप्रत्याशित रूपमा देश प्रतिक्रान्तितिर धकेलिएको बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै देशलाई प्रतिक्रान्तितिर जान नदिने एमालेले प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
उनले भने, देश बर्बादीतर्फ धकेलिएको छ, यस अवस्थालाई हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षिय, शान्तिपूर्ण, सुशासन युक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ । उनले एमालेको नीति राम्रो भएर सबैभन्दा धेरै प्रहार भएको जिकिर गरे। एमाले नै कम्युनिस्ट आन्दोलनको मूलधारमा रहेको बताए ।


