विशेष महाधिवेशन माग्दै कांग्रेसमा २४३९ ले गरे हस्ताक्षर



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा सोमबार साँझसम्म दुई हजार चार सय ३९ जनाले हस्ताक्षर गरेका छन् । १४ औं महाधिवेशनमा रहेका चार हजार सात सय ४३ प्रतिनिधिमध्ये बहुमतले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका हुन् । विशेष महाधिवेशनका लागि हस्ताक्षरको अगुवाइ गरिरहेका केन्द्रीय सदस्य मधु आचार्यले ५१ प्रतिशत बढीले हस्ताक्षर गरिसकेको दाबी गरे ।

हिजो साँझ ७ बजेसम्म २४ सय ३९ जनाले हस्ताक्षर गरिसक्नु भएको छ, आचार्यले  भने विदेशस्थित जनसम्पर्क समिति र जिल्लाहरूबाट हस्ताक्षर थपिएको छ । सूचीकृत गरिहेका छौं । ५५ प्रतिशत बढीले हस्ताक्षर गर्ने देखिन्छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियता हस्ताक्षर संकलन भएको हो। संकलित हस्ताक्षर मंगलबार पार्टीलाई पेश गर्ने तयारी गरिएको छ ।

मंगलबार (आज) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ । केन्द्रीय समिति बैठक अघि हस्ताक्षर पेश गरिने नेता आचार्यले जानकारी गराए । कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ । मंसिरभित्र नियमित महाधिवेशनका लागि संस्थापन तयार नभए विशेष महाधिवेशन गर्ने गरी महामन्त्री थापा र शर्माले हस्ताक्षर संकलनलाई अभियान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...