विपिन जोशी जीवित रहेको इजरायलको विश्वास



हाम्रो इकोनोमि

 

 

हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्धकहरू जीवितै रहेको इजरायलले विश्वास गरेको छ । वासिङ्गटन पोस्टले समाचार संस्था एपीको सहयोगमा प्रकाशित गरेको एक समाचारमा विपिनसहित २२ बन्दीहरू जीवितै रहेको विश्वास इजरायलको रहेको उल्लेख गरेको छ । समाचारमा २२ जना बन्दीहरूको संक्षिप्त परिचय पनि उल्लेख गरिएको छ । इजरायलको तेल अभिभबाट एपीका रिपोर्टर रहेका मेलानी लिडम्यानले अर्का पत्रकार स्याम मेट्जको सहयोगमा तयार पारेको समाचारमा २४ वर्षीय नेपाली विपिन पनि जीवितै रहेको इजरायली विश्वासका केही आधारहरूलाई प्रस्तुत गरिएको छ ।

यसअघि हमासले सार्वजनिक गरेको बन्दीहरूको बिदाइ सूचीमा पनि विपिनको तस्वीर समावेश गरिएको थियो । गत विहीबार इजरायल र हमासबीच युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना जीवित युद्धबन्दीको नामावलीमा भने विपिन जोशीको नाम छैन । गाजामा पछिल्लो युद्धविराम शुक्रबारदेखि सुरु भएको छ । यो युद्धविरामले करिब दुई वर्ष लामो विनाशकारी युद्धको अन्त्यतर्फ महत्त्वपूर्ण कदम चाल्यो । यो युद्ध हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको थियो, जसमा करिब १,२०० जनाको मारिएका थिए भने २५१ जनाको अपहरण भएको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले गरेको आक्रमणमा परी ६७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। मन्त्रालयले मारिनेमध्ये आधा महिला र बालबालिका रहेको उल्लेख गरेको छ ।

करिब २० लाख जनसंख्या भएको गाजामा ९० प्रतिशत भन्दा बढी मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघ र स्वतन्त्र विशेषज्ञहरूले पनि यस मन्त्रालयका तथ्याङ्कलाई गाजामा युद्धका वास्तविक क्षतिको सबैभन्दा भरपर्दो अनुमान मान्छन् । हाल गाजामा ४८ जना बन्धकहरू छन्, जसमा अघिल्लो युद्धमा मारिएका एक सैनिकको शव पनि समावेश छ । इजरायलले कम्तीमा २५ जना बन्धकहरू ७ अक्टोबर २०२३ मा मारिएको वा बन्दी अवस्थामा मृत्यु भएको पत्ता लगाएको छ । बाँकी करिब २० जनामध्ये कति जीवित छन् र फर्कनेछन् भन्ने स्पष्ट छैन । इजरायलले प्राप्त गरेको सूचना अनुसार, बाँकीमध्ये एक महिला बन्धक बन्दी अवस्थामा मारिएकी छन् ।

शुक्रबार युद्धविराम सुरु भएपछि बाँकी बन्धकहरूलाई ७२ घण्टाभित्र फिर्ता गरिने अपेक्षा गरिएको छ। यसको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । युद्धविराम सहमति अनुसार सोमबार स्थानीय समयअनुसार दिउँसो १२ बजेभित्र (नेपाली समय अपराह्न २ बजेसम्म) विपिन लगायत ४८ जनालाई रिहा गरिसक्नुपर्ने उल्लेख छ । यद्यपि हमासले भने उक्त अवधिमा सबै बन्धकहरूलाई हस्तान्तरण गर्न नसकिने भन्दै थप समय मागेको छ । हमासले अहिलेसम्म जीवित बन्दीहरूको नामावली दिइसकेको छैन । केही दिन अघि विपिन अपहरणमा परेपछि हमासको कब्जामा रहेको अवस्थाको उनको पुरानो भिडियो सार्वजनिक भएको थियो । आज विपिन अपहरण परेको ३३७ दिन पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...