संसद् पुर्नस्थापना माग्दै अदालत जाने एमालेको तयारी



हाम्रो इकोनोमि

 

 

 

 

 

प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालत जानेबारे नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । नेकपा एमालेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतम प्रतिनिधिसभाको विघटन असंवैधानिक भएकाले त्यसविरुद्ध अदालत जानेबारे छलफल हुनु स्वाभाविक र आवश्यक रहेको बताउँछन् । आन्तरिक छलफल भइरहेको छ । हामीले राम्ररी छलफल गरिरहेका छौं गौतमले भने, यो विषयमा एमाले र कांग्रेस एकताबद्ध भएर जान्छौं ।

उनका अनुसार अदालत जाने मोडेलको विषय भने टुंगिन बाँकी छ ।  कुन दिन अदालत जाने भन्ने टुंगिन बाँकी छ । विभिन्न मोडेल छन्, तिनबारे पनि छलफल भइरहेका छन् । यसअघि असोज १२ गते भक्तपुरको गुण्डुमा बसेको एमालेको सचिवालय बैठकमा पनि यो विषयमा छलफल भएको थियो । उक्त बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटनको न्यायिक परीक्षण हुनुपर्ने बताएका थिए ।

ज्ञवालीले भनेका छन्,  विगतका सर्वोच्च अदालतका फैसलाहरू हेर्दा कहिँकतै पनि त्यो (प्रतिनिधिसभा विघटन) संविधानसम्मत देखिँदैन । यसको संवैधानिकताको परीक्षण कहिँ न कहिँ हुनुपर्ने होला । एमालेका उपमहासचिव ज्ञवालीका अनुसार विघटित प्रतिनिधिसभामा ८० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्ने आठ वटा राजनीतिक दलले प्रतिनिधिसभा विघटनको संवैधानिकतामाथि प्रश्न खडा गरेका छन् । यसकारण पनि यो विषय अदालत पुगेर परीक्षण हुनुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...