घोषित मितिमै चुनाव हुनुपर्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन् । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचनको पक्षमा माहौल बनाउनको लागि आफूहरूले सबै राजनीतिक दलहरूसँग कुराकानी गरिरहेको बताए ।
उनले भने, घोषित मितिमा निर्वाचन हुनुपर्छ, हामी सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्नेमा छौँ । हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ । उनले अन्य राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको जानकारी दिँदै केही समयपछि त्यसको परिणाम देखिने बताए ।


