नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा
दुई दिनदेखि तुइनखोलामा खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ(मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
बिहीबार राति पहिरो पन्छाउने काम सम्पन्न भएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । यससँगै अलपत्र यात्रुहरु गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।


