महामन्त्रीद्वय आलो घाउमा नुन छरिरहेछन् : प्रवक्ता महत



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण भएको बेला नेतृत्व परिवर्तनको कुरा गर्नु गलत हुने टिप्पणी गरेका छन् । आइतबार बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले सांघातिक हमलाबाट सभापति देउवाको घाउ निको नभइसकेको अवस्थामा नेतृत्व परिवर्तनको बहस गरेर नुन छर्ने काम गरिएको आरोप लगाए ।

‘कांग्रेसभित्र पनि विभिन्न खाले बहस भइरहेको छ । हाम्रो पार्टी सभापति जसले लोकतन्त्रका लागि लामो संघर्ष गर्नुभएको छ, उहाँमाथि यस्तो त्रासदीपूर्ण आक्रमण भयो । अझै उहाँ उपचारको पूर्ण अवस्थामा पुग्नुभएको छैन । त्यस्तो बेला संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो, महतले भने ।

उनले पार्टीले यसप्रकारका आक्रमणको भर्त्सना र निन्दा गरिसकेको भन्दै अहिले आन्तरिक विवादमा भन्दा एकतामा जोड दिनुपर्ने बताए । ‘हाम्रो पार्टीभित्र अहिले जुन बहस भइरहेको छ, त्यो आलो घाउ ठिक नहुँदै सुरु भएको छ । त्यसप्रति हामी गम्भीर हुनुपर्छ, उनले भने ।

महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नाम नलिइकनै नेतृत्व परिवर्तनको बहस अगाडि बढाएको असन्तुष्टि व्यक्त गरेका छन् । महामन्त्रीद्वय थापा र शर्मासँगै केही नेताहरूले पार्टीको नेतृत्व बदलेर जेन-जी आन्दोलनको चाहनाअनुसार पार्टी पुनर्संरचना गरेर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् ।

नेता महतले अहिले कांग्रेस एक भएर अघि बढ्ने समय रहेको भन्दै विभाजनकारी प्रवृत्ति गलत भएको टिप्पणी गरे । अहिले एक हुने बेला हो । एक भएर आफ्ना कमीकमजोरी हटाउँदै बलियो पार्टीका रूपमा अघि बढ्नुपर्छ । तर घाउ लागेको बेलामा घाउमा नुन छर्ने प्रवृत्ति गलत हो, उनले भने ।

‘चार दिनअघिसम्म सभापति अत्यन्तै ठिक हुनुहुन्थ्यो, उहाँहरूसँग निकटता देखाउनेहरू नै अहिले प्रश्न उठाइरहनुभएको छ । तत्काल नेतृत्व परिवर्तनको कुरा गर्नेहरू त्यतिबेला सबैभन्दा नजिकका साथीहरू हुनुहुन्थ्यो, महतले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ठिक बाटोमा नभएको भन्दै त्यसबारे कांग्रेसले आलोचना गर्दै आएको स्मरण गरे । ‘हामीले कतिपय कुरा ठिक छैन भनेर पहिले नै भनिरहेका थियौं । तर अहिले नयाँ परिस्थिति बनेको छ भनेर तत्कालै नेतृत्व फेर्नुपर्ने कुरा गर्नु उचित होइन । अभिभावकमाथि सांघातिक प्रहार हुँदा कम्तीमा उपचार पूरा हुन त पर्खनैपर्छ, उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...