बिजी ग्रुपको अत्याधुनिक मोडलका स्मार्टफोन नेपाली बजारमा
नेपालमा मोबाइल फोनको बजारमा नयाँ उत्साह थप्दै बिजी ग्रुपले अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड Coolpad का अत्याधुनिक मोडलहरू नेपाली बजारमा ल्याएको छ ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा बिजी ग्रुपका सिइओ समर्पण मिश्रले कम्पनीले नेपाली उपभोक्ताहरूलाई विश्वस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याए । उनले भने, सन् २००० मा एउटा सानो सपनाबाट सुरु भएको हाम्रो यात्रा आज सफल समूहमा परिणत भएको जनाएको छ ।
सेल्स प्रमुख विशाल बराल ले आफ्नो १५ वर्षभन्दा लामो अनुभव र कम्पनीको सामूहिक प्रयासले नेपाली बजारमा नयाँ प्रविधि भित्राउन सम्भव भएको बताए ।
कम्पनीको भनाइ अनुसार, यी सबै मोडलहरू अब देशभरका प्रमुख मोबाइल स्टोरमा उपलब्ध हुने जनाएको छ । यसले नेपाली मोबाइल बजारमा प्रतिस्पर्धा र उत्साह थप्ने अपेक्षा गरिएको जनाएको छ।
सार्वजनिक गरिएका मुख्य मोडलहरू
Coolpad X100 – 108MP AI ट्रिपल क्यामेरा, 120Hz अल्ट्रा स्मूथ डिस्प्ले, Helio G99 गेमिङ प्रोसेसर । स्लोगन: Next-Level Cool Coolpad C16 – 5000mAh ब्याट्री, 90Hz डिस्प्ले, 50MP AI ट्रिपल क्यामेरा । स्लोगन: See More, See Power Coolpad C15 – बलियो बनावट र आकर्षक डिजाइन । स्लोगन: Bold Style, Meets Strength Coolpad CP12 Neo – 120Hz स्मूथ डिस्प्ले र 5000mAh ब्याट्री।


