फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता



हाम्रो इकोनोमि

 

 

काठमाण्डौ महानगरपालिका, वाड नं १०, बानेश्वर स्थित फ्रन्टलाईन हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई फ्रन्टलाईन हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०% छुट पाउने भएका छन । सो छुट सेवासुविधा फ्रन्टलाईन हस्पीटल मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा फ्रन्टलाईन हस्पीटल का तर्फबाट क्लिनिकल अध्यक्ष श्री योगेश न्यौपाने र मेडिकल प्रशासक श्री रोहन झा तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर श्री रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकार को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।

त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...