इलिक्सरको सर्वोत्कृष्टताको निरन्तरता, १८ जनाले ल्याए ४ जिपिए



हाम्रो इकोनोमि

 

 

काठमाडौँ कुमारीगाल, चाबहिलमा अवस्थित इलिक्सर एकेडेमीले संस्कार सहितको शिक्षालाई विशेष महत्व दिएको छ । स्थापनाकाल देखि नै विद्यार्थीको सर्वाङ्गिण विकासलाई ध्यानमा राख्दै आफ्ना क्रियाकलाप सञ्चालन गरिरहेको विद्यालयका प्रिन्सिपल रविन दाहाल, सर्वोत्कृष्टताको निरन्तरता हुनुमा“एउटा ओदानका तीनवटा खुट्टा” जस्तै अभिभावकविद्यार्थी र विद्यालय बीचको पारस्परिक सहयोग नै रहेको धारणा व्यक्त गर्दछन् ।

वि. सं. २०६७ सालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको यस विद्यालयले वि. सं. २०८१ सालमा उच्च सफलता हासिल गरेको छ । यसअघि २०७८ सालको एसईई परीक्षामा पनि काठमाडौँ जिल्लामा प्रथम भई काठमाडौँ महानगरपालिकाबाट नगद पुरस्कार सहित“सर्वोत्कृष्ट विद्यालय पुरस्कार”ले पुरस्कृत भएको थियो ।

त्यस्तै २०८० सालको एसईई परीक्षामा समेत काठमाडौँ जिल्ला प्रथम भई प्याबसन काठमाडौँद्वारा “उत्कृष्ट विद्यालय सम्मान २०८०” ले सम्मानित भएको थियो । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको २०८१ सालको माध्यमिकशिक्षा परीक्षा एसईईको नतिजाअनुसार यस वर्ष इलिक्सर एकेडेमीबाट एसईई सहभागी ३८ जना विद्यार्थीहरूमध्ये १८ जनाले ४ जिपिएसहित सतप्रतिशत विद्यार्थीले ३.७३ भन्दामाथिअङ्क प्राप्त गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...