दिगो बैंकिङमार्फत नबिलको विभिन्न उपलब्धि हासिल



हाम्रो इकोनोमि

 

 

नबिल बैंकले दिगो बैंकिङमार्फत विभिन्न उपलब्धि हासिल गरेको छ । हालसम्म पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङको मापदण्डअनुसार ग्रीनहाउस ग्यास उत्सर्जनका क्षेत्रमा नवीकरणीय ऊर्जा लगानीमार्फत ११ हजार १७२ टन उत्सर्जन न्यूनीकरणमा सहयोग पु¥याएको छ । साथै २१ जिल्लाका ३७ वटा नदीमा सञ्चालनमा रहेका ३०७० मेगावाट क्षमताका ४३ वटा जलविद्युत् परियोजनामा बैंकले लगानी गरेको बैंकले जनाएको छ ।

त्यसैगरी साना तथा मझौला व्यवसायअन्तर्गत विशेष गरी कृषि, विद्युतीय सवारी तथा महिला नेतृत्वमा आधारित उद्यममा लगानी गरी ४६ हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पु¥याएको छ । गत आर्थिक वर्षसम्ममा बैंकले कृषि क्षेत्रमा मात्रै ४५.३८ अर्ब रुपैयाँ, जलविद्युत् तथा ऊर्जामा ३१ अर्ब रुपैयाँ र सुक्ष्म, घरेलु तथा साना उद्योगमा २५.०१ अर्ब रुपैयाँ लगानी गरिसकेको बैंकले जनाएको छ ।

बैंकका अनुसार विद्युतीय सवारी कर्जामा मात्रै ४२.३६ प्रतिशत लगानी गरेको छ भने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच करोड ४३ लाख लगानी गरेको छ । हाल बैंकका १३ वटा शाखा तथा भवनमा नवीकरण ऊर्जा प्रणाली जडान गरिएको छ भने डिजिटल बैंकिङ प्रवद्र्धनमा सक्रियता देखाउँदै हाल एनबैंकका प्रयोगकर्र्ता १६ लाख आठ हजार ८२६ पुगेको बैंकको भनाइ छ । बैंकले हालसम्म सात हजार ५९० जनालाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरिसकेको बैंकले जनाएको छ ।

वुमन इन मोसन, यु म्याटर युअर भ्वाइस म्याटर, नबिल ग्रीन विक, घर त नेपाल र दिगो पाइला जस्ता अभियानमार्फत बैंकले विभिन्न सरोकारवाला समूहलाई लक्षित काम गर्दै आएको छ । साथै सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसइई) कार्यक्रमबाट हालसम्म ९०१ जना प्रशिक्षार्थीले तालिम प्राप्त गरिसकिएका छन् भने १३३ जनाले उद्यम स्थापना गरी एक हजार २०० जनालाई रोजगारी दिइसकेका बैंकले जनाएको छ ।

दिगो बैंकिङअन्तर्गत सन् २०२१ मा बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङको सदस्य भएको थियो । बैंकका अनुसार दिगो बैंकिङको प्रमुख उपलब्धिको शाखारहित बैंकिङ विस्तार रहेको छ । त्यस्तै बैंकले वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई लक्षित गरी नबिल स्किल्ड माइग्रेन्ट इन्टरप्रेनरसिप कर्जा, नबिल दिगो बचत खाता, नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा जस्ता नवीन, सामाजिक र वातावरणमैत्री उत्पादनहरू ल्याएको बैंकले जनाएको छ ।

त्यस्तै बैंकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता सुधार, पानी संरक्षण र प्रशोधन, फोहोर व्यवस्थापन तथा फोहोरबाट ऊर्जा उत्पादनलगायतका परियोजनामा लगानी गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा वर्षाको पानी संकलन प्रणाली स्थापना गरी वार्षिक दुई लाख ६२ हजार ८०४ लिटर पानी संकलन गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...