अनेरास्ववियु निर्वाचन : कडरिया र पौडेल प्यानलबीच कडा प्रतिस्पर्धामा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अपनाउन लागिएको हो ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा तेस्रोपटक निर्वाचन तालिका संशोधन गरिएको थियो । तर सहमति नजुटेपछि आज  मतदान सुरु गर्ने तयारी गरिएको छ । निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ । त्यसका लागि ४० बढी मेसिन तयारी अवस्थामा राखिएको छ । एक हजार ५०० बढी प्रतिनिधिहरुले पदाधिकारीसहितको नयाँ कार्यसमिति चुन्ने छन् ।

अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी र गणेशबहादुर शाही उम्मेदवार छन् । यसैगरी महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईको उम्मेदवार छन् । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलबीच प्रतिस्पर्धा हुनेछ ।

उपमहासचिवमा अमर बहादुर शाही, कमल जोशी, प्रेमिका शाही तथा सचिवमा रक्षा बम, रोहित बम, मनोज राई, अनुप लामिछाने, स्मृती बराल, रेखा न्यौपाने, मदन भण्डारी, आकाश अधिकारी लगायत उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...