पार्टी भित्रको विकृति-विसङ्गति टुलुटुलु हेरेर बस्ने अवस्था छैन : पूर्वराष्ट्रपति भण्डारी



हाम्रो इकोनोमि

 

 

जेठ २२ मा विराटनगर उत्रिनासाथ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्- यस पटकको कोशी बसाइ अरू बेलाको भन्दा फरक छ । उनलाई स्वागत गर्न विमानस्थलमा पुगेका एमाले नेता तथा कार्यकर्ताका माझमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले थपिन्आ फ्नो भूगोलमा आउँदा नेता तथा कार्यकर्तालाई भेट्न पाउँदा त्यसै विशेष हुन्छ ।

विराटनगर महानगरपालिकाले आयोजना गरेको पालिका उपप्रमुखहरूको राष्ट्रिय भेला उद्घाटनको छेक पारेर विराटनगर आएकी थिइन् भण्डारी । यो बाहेक एमालेको कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटनका लागि उनी झापा पुगिन् ।

झापा र मोरङमा ५ रात बिताँउदा उनको अरू दुई कार्यक्रमको औपचारिक सेड्युअल बन्यो । झापामा नारी सञ्चार गृहको कार्यक्रममा सहभागिता जनाइन् भने मदन भण्डारीको घर भएको मोरङको इटहरामा फाउन्डेसनका अध्यक्ष राम ओलीको सक्रियतामा अर्को कार्यक्रम भयो । भण्डारी झापा र मोरङमा बस्दा मदन भण्डारी प्रतिष्ठानका सचिवको हिसाबले सोमराज थापाले भेट्न आउनेहरूका लागि समय र कार्य तालिका बनाएका थिए । उनी एमाले मोरङका सचिवसमेत हुन् ।

थापाका अनुसार झापामा दुई र विराटनगरमा तीन रात बसाइका क्रममा भण्डारीले ५ सयभन्दा बढी नेता तथा कार्यकर्तासँग अनौपचारिक भेटघाट भयो । उनलाई भेट्न आउने अधिकांश अनेमसंघका साथै पार्टीका र जनवर्गीय संगठनका नेता कार्यकर्ता थिए ।

विराटनगर र झापा बसाइका क्रममा भण्डारीलाई भेट्न आउने अधिकांश नेता तथा कार्यकर्ताहरूले पार्टीको सक्रिय राजनीतिमा आउन आग्रह गरेका छन् । भेटमा सबैका कुरा सुनेपछि उनी आफ्नो कुरा राख्थिन् ।झापामा उनलाई भेट्न पुगेका एक नेताले भण्डारी समक्ष भने पार्टीमा आन्तरिक लोकतन्त्र भन्ने नै रहेन । विकृति र विसङ्गति बढेर गयो । पार्टीको कमाण्ड सम्हाल्नुपर्‍यो । यो हामी सबैको माग र अनुरोध हो ।भण्डारीले भनिन्, पार्टी एकीकरण गरेर बलियो बनाउँदै राष्ट्रको समृद्धिको यात्रामा मेरो भूमिका सधैँ रहन्छ ।

भण्डारीनिकट एक नेताले भने, अधिकांश नेता तथा कार्यकर्ताहरूको गुनासो र निराशापछि भण्डारीले पार्टी भित्रको विकृति विसङ्गति टुलुटुलु हेरेर बस्ने अवस्था नरहेको बताउनुभयो । उहाँ सक्रिय राजनीतिमा आउने तयारीमा हुनुहुन्छ । झापा बसाइमा प्रतिनिधिसभा सदस्य एलपी साँवा, अनेमसंघका उपाध्यक्ष मेनका काफ्ले, अनेमसंघ स्थायी कमिटी सदस्य टिका घिमिरेले समेत भण्डारीसँग एमाले नेता तथा कार्यकर्ताको भेटघाटको समय मिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...