काठमाडौँको विष्णुमति करिडोरमा वृहत्त वृक्षरोपण



हाम्रो इकोनोमि

 

 

जिल्ला होटल व्यवसायी संघ काठमाडौंको नेतृत्वमा  नेपाल-ग्रिस मैत्री तथा सांस्कृतिक संघ, नेपाल खड्गी सेवा समिति, र काठमाडौँ महानगरपालिका वडा नम्बर १९ को सहकार्यमा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस २०२५ मनाउने सिलसिलामा बिहीवार काठमाडौंको विष्णुमति करिडोर लिङ्क रोड क्षेत्रमा वृक्षरोपण गरिएको हो ।

कार्यक्रममा जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराल, नेपाल-ग्रिस मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मनोज नेवा, नेपाल खड्गी सेवा समितिकी अध्यक्ष अन्जिता खड्गी, तथा संघका संस्थापक अध्यक्ष शैलेश कार्की सहित विभिन्न इकाइका अध्यक्ष, पदाधिकारी र सल्लाहकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अध्यक्ष सुरेश बरालले वातावरण संरक्षणका लागि वृक्षारोपणजस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै, निजी क्षेत्र, नागरिक समाज र स्थानीय निकायहरूबीचको सहकार्यले वातावरणीय सन्तुलन कायम राख्न ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “हामी होटल व्यवसायी मात्र नभई वातावरणप्रति उत्तरदायी नागरिक पनि हौं ।

यस्तो अभियानले केवल हरियाली मात्र होइन, हाम्रो सामूहिक चेतनालाई पनि जगाउँछ।” कार्यक्रममा सयौंको संख्यामा बिरुवा रोपिएको जनाइएको छ, जसमा फलफूलका बिरुवादेखि लिएर छायादार र बहुपयोगी प्रजातिका बोटबिरुवासमेत समावेश गरिएको छ । सहभागी संस्थाहरूले आगामी दिनमा समेत यस्तो गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्व वातावरण दिवसलाई सार्थक बनाउन गरिएको यो वृक्षारोपण कार्यक्रमले वातावरणीय सचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय समुदायलाई हरियाली प्रवर्द्धनतर्फ प्रेरित गर्ने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...