सरकार र यातायात व्यवसायीबीच वार्ता समिति बन्यो



हाम्रो इकोनोमि

 

 

 सरकार र यातायात व्यवसायीबीच वार्ताका लागि समिति बनाइएको छ । गृहमन्त्रालयमा गृहमन्त्री, मुख्यसचिव, यातायात मन्त्रालयका सचिवसँगको छलफलमा वार्ता टोली बनाएर थप छलफल गर्ने सहमति बनेको हो ।

सोही अनुसार भौतिक पूर्वाधारका सहसचिवको संयोजकत्वमा सरकारी वार्ता टोली बनाइएको छ । सरकारी समितिमा विभिन्न मन्त्रालयका प्रतिनिधि राखिएको छ । साथै यातायात व्यवसायी तथा मजदुर संगठनको तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा वार्ता टोली बनाइएको छ ।

व्यवसायी र मजदुरको तर्फबाट सबै घटकका अध्यक्ष वार्ता टोलीमा रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले बताए । उनका अनुसार अब खाना खाएपश्चात वार्ता सुरू हुनेछ । अनिश्चितकालीन बन्द थालेका यातायात व्यवसायीले विभिन्न ७ बुँदे माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...