सरकार र यातायात व्यवसायीबीच वार्ता समिति बन्यो



हाम्रो इकोनोमि

 

 

 सरकार र यातायात व्यवसायीबीच वार्ताका लागि समिति बनाइएको छ । गृहमन्त्रालयमा गृहमन्त्री, मुख्यसचिव, यातायात मन्त्रालयका सचिवसँगको छलफलमा वार्ता टोली बनाएर थप छलफल गर्ने सहमति बनेको हो ।

सोही अनुसार भौतिक पूर्वाधारका सहसचिवको संयोजकत्वमा सरकारी वार्ता टोली बनाइएको छ । सरकारी समितिमा विभिन्न मन्त्रालयका प्रतिनिधि राखिएको छ । साथै यातायात व्यवसायी तथा मजदुर संगठनको तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा वार्ता टोली बनाइएको छ ।

व्यवसायी र मजदुरको तर्फबाट सबै घटकका अध्यक्ष वार्ता टोलीमा रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले बताए । उनका अनुसार अब खाना खाएपश्चात वार्ता सुरू हुनेछ । अनिश्चितकालीन बन्द थालेका यातायात व्यवसायीले विभिन्न ७ बुँदे माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस
जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...