भ्युटावरको आलोचना नगर्न प्रचण्डलाई योगेशको चेतावनी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न प्रमुख प्रतिपक्षी दलका नेतालाई सुझाएका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका थिए ।

त्यसक्रममा प्रचण्डले व्यक्त गरेको बिचारको आलोचना गर्दै एमालेका सचिव समेत रहेका सांसद भट्टराईले सिसाको घरमा बसेर ढुंगा हान्ने काम नगर्न भनेका हुन् । विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषण र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया । उहाँलाई मेरो यति मात्रै भनाइ छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्ने मुर्खता नहोस्,’ योगेशले भनेका छन् ।

संविधानको धारा ७६ अनुसार प्रचण्डको नेतृत्वमा सरकार बन्दा प्राकृतिक हुने त्यही व्यवस्था अनुसार केपी अ‍ोलीको नेतृत्वमा सरकार बन्दा कसरी असंवैधानिक हुने ? भन्ने उनको प्रश्न छ । झापाको दमकमा बनेको भ्युटावरको आलोचना नगर्न पनि उनको आग्रह छ । कुनै अपराध गरेको जस्तो गरेर भ्युटावरको विरोध गरेर गीत नगाउन उनको विपक्षी दलहरूलाई आग्रह छ ।

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको विषयमा विरोध गरेकोमा पनि सांसद भट्टराईले आलोचना गरे । ‘एक जना सहसचिवलाई सरकारले हटाएकोलाई मुटु नै फुटेको जस्तो गर्नुभयो,’ एमाले सांसद भट्टराईले भने । शिक्षकको आन्दोलनका विषयमा प्रचण्डले शिक्षकलाई सडक नछोड्न भनेर अभिव्यक्ति दिएका थिए । भट्टराईले त्यसको पनि आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...