सर्वोच्चले भन्यो- रेशम चौधरीलाई रिहा गरिदिनू



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न  जारी भएकाे पत्र आधिकारिक नभएको बताएको छ ।केन्द्रीय कारागार डिल्लीबजारलाई पत्र लेख्दै सर्वोच्चबाट नाउपाका संस्थापक चौधरीलाई पक्राउ गर्न  जारी भएकाे पत्र आधिकारिक नभएको दाबी गर्दै यसअघि पठाएकाे पत्र आधिकारिक नभएकाे भन्दै त्यसलाई कार्यान्वय नगर्न नयाँ पत्र पठाएकाे हाे । साथै, पक्राउ परेका चाैधरीलाई तत्काल थुनामुक्त गरिदिन अनुराेध गरेकाे छ  ।

आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह–रजिष्ट्रार अच्युत कुइँकेलले जानकारी दिए । उनले भने, ‘उहाँको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा छ । यस्तो अवस्थामा पक्राउ पुर्जी जारी गर्ने कुरा हुँदैन । त्यसैले त्यो पत्र के कसरी गयो अनुसन्धान भइरहेको छ । कार्यान्वयन नगर्नू भनी अर्को पत्र पठाइसकिएको छ ।

पत्रमा भनिएकाे छ अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...